Tuesday, August 2, 2016

आधा दर्जन जिल्ला दूधमा आत्मनिर्भर हुँदै

काठमाडौँ, १८ साउन । पशुपक्षी विकास मन्त्री शान्ता मानवीले आधा दर्जन जिल्ला चाँडै दूधमा आत्मनिर्भर हुने बताउनुभएको छ ।

मन्त्रालयमा आज रासससँग कुरा गर्दै उहाँले चितवन, इलाम, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही र पाल्पा जिल्ला दूधमा आत्मनिर्भर भएको जानकारी दिनुभयो ।

प्रशासन र राजनीतिज्ञबीच तथा कर्मचारी र जनताकाबीच देखिएका खाडल मेट्नु चुनौतीपूर्ण रहेको अनुभव सुनाउँदै मन्त्री मानवीले नयाँ नीति र बजेट आइसकेको अवस्थामा नयाँ सरकारलाई काम गर्न प्रशस्त आधार रहेको बताउनुभयो ।

गत साता मन्त्रालयले काभ्रेपलान्चोकलाई दूधमा आत्मनिर्भर भएको घोषणा गरेको थियो । प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उत्पादन भएमा सम्बन्धित जिल्लालाई आत्मनिर्भर भएको मानिने मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts