Tuesday, August 9, 2016

पिछडिएका समुदायलाई अधिकार उपलब्ध गराउन माग

काठमाडौँ, २५ साउन । नेपाल आदिवासी जनजाति महासङ्घले संविधान संशोधनबाट आदिवासी, जनजाति तथा पिछडिएका वर्गका समुदायलाई अधिकार उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घले २२औँ विश्व आदिवासी दिवसका अवसरमा आज आयोजना गरेको पदयात्राको शुभारम्भ गर्दै महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिसँग विगतमा सरकारसँग भएका सहमति संविधानमा समावेश नभएकाले संविधान संशोधन गरी अधिकारको प्रत्याभूत गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कुमालले मातृ भाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि गर्नुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले मुलुकको सुरक्षा तथा विशिष्ट संस्कृतिलाई संरक्षण गरेर बसेका आदिवासीलाई पहिचान सहितको अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।
संयुक्त राष्ट्र सङ्घले विश्वका आदिवासीको संस्कृति संरक्षण गर्ने उद्देश्यले २२ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय रुपमा नै दिवस मनाउन लागेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts