कैलाली, ६ भदौ । धनगढी उपमहनगरपालिका–२ वैयावेहडीबाट बरामद गरिएको झण्डै दुई हजार लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा आज उक्त परिमाणको मदिरा नष्ट गरिएको हो । अवैध मदिरा उत्पादन हुने क्षेत्रबाट दुई हजार लिटर मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडा, यसमा प्रयोग हुने औषधिसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपसिंह भण्डारीले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment