Monday, August 15, 2016

आगलागी पीडितलाई घर हस्तान्तरण

पथरी (मोरङ), ३१ साउन । आगलागीबाट घरबारविहीन भएका मोरङ सिध्राहाका पाँच परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

फुसको छानो भएको घरमा आगलागी हुँदा बिचल्ली भएका परिवारलाई भ्रातृ सामुदायिक कल्याण समाज विराटनगरको सहयोगमा निर्मित टिनको छाना भएको पक्की घर हस्तान्तरण गरिएको हो । समाजले आज आयोजना गरेको कार्यक्रममा जिविसका लेखा अधिकृत यमनाथ गिरीले पीडितलाई घर हस्तान्तरण गर्नुभयो ।

गत चैत २६ गते विद्युत् चुहावट भई आगो लाग्दा सिध्राहा–१ लौवटोलीका उर्मिलादेवी माझी, प्रकाश विश्वास, जीवनलाल राजवंशी, मनुलाल राजवंशी र फरविया राजवंशीको घर जलेर नष्ट भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङका सुशील घिमिरेले ९९ प्रतिशत आगलागीका घटना मानवीय हेलचेक्य्राइँले नै हुने गरेकाले सजगता अपनाउनुपर्ने धारणा राख्नुभयो ।

समाजले घर बनाइदिएपछि आगलागीका कारण बिचल्लीमा परेका पाँच परिवार पुनःस्थापित भएको सिध्राहा गाविसका सचिव राजनप्रसाद भण्डारीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts