Friday, August 12, 2016

टर्कीका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई पक्राउ आदेश

स्तानबुल, २८ साउन । गएको जुलाई १५ मा भएको असफल सैनिक कू मा अप्रत्यक्ष रुपमा सम्लग्न रहेको आरोप लगाई टर्कीका एकजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई पनि पक्राउ आदेश जारी गरिएको समाचार छ ।

प्राप्त समाचारअनुसार ती फुटबल खेलाडी हकन सुकुरलाई यस्तो आदेश जारी गरिएको हो । त्यस सैन्य कू को असफल प्रयासको बारेमा अनुसन्धान जारी रहेको भन्दै उनलाई पनि त्यसै विषयमा बुझ्न बोलाइएको बताइएको हो ।

टर्की सरकारले सो आरोपमा देशका हजारौँ हजार नागरिकमाथि अनुसन्धान जारी राखेको छ । त्यस्तै हजारौँलाई पक्राउ गरेर थुनामा पनि राखेको छ ।

उता टर्कीमा गत महिना सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेकोमा संलग्न भएको आरोपमा पक्राउ गरिएका कैयौं सैनिक जर्नेलमाथि हदैसम्मको कारबाही हुने भएको छ ।

टर्कीको सरकारले यहाँको हवाई सेनाका पूर्व प्रमुखलाई समेत कडा कारबाही गरिने भएको सो समाचारमा जनाइएको हो ।

उनीसहित २६ जना वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान जारी रहेको थियो । उनीहरुलाई विशेष कारबाहीका लागि प्रक्रिया अघि बढेको हिजोमात्र बताइएको थियो ।

टर्कीका सरकारी सञ्चारमाध्यमले ती सैनिक जर्नेलका विरुद्ध कारबाही सुरु भएको जानकारी दिएका छन् ।

तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ गत महिना गरिएको ‘कू’ प्रयास घन्टौँ लामो लडाइपछि नियन्त्रणमा आएको थियो ।

अङ्कारा अदालतले टर्कीको हवाई बलका पूर्व प्रमुख जनरल आकिन ओज्टुर्कलगायत २६ सैनिक जर्नेललाई पक्राउको आदेश दिएको हो ।

राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts