Tuesday, August 2, 2016

कुकुरले २२ दिने नाबालिका लुछेपछि…

भीमदत्तनगर, १९ साउन । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ का बिमला जोशीकी २२ दिने नाबालिका छोरी माधवी जोशीलाई कुकुरले लुछेपछि मृत अवस्थामा भेटिएकी छिन् ।

मङ्गलबार दिउँसो आफू शौचालयमा गएका बेलामा आएको कुकुरले २२ दिने नाबालिका छोरीलाई लुछ्दै घरको केही मिटर पर लगेको आमा बिमलाले बताउनुभयो । “दुई छोराछोरी छिमेकीको घरमा गएर मकै पोलेर खाँदै थिए”, उहाँले भन्नुभयो, “शौचालयमा रहेका बेला घरमा काल बनेर आएको कुकुरले छोरी लगेर गएछ ।”

घटनापछि प्रहरीले नाबालिकाको शव साँझ परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु-याएको छ भने बिमलालाई घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नाबालिका बच्चालाई कुकुरले मारेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts