Friday, August 19, 2016

हामी नै देश बनाउन सक्छौँः ओली

काठमाडौँ, ३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा मुलुक भूपरिवेष्ठित मात्र नभई एक देशवेष्ठित भएकाले त्यसको विकल्प खोज्नुपरेको बताउनुभएको छ ।

युथ फाउन्डेसनले सुरु गरेको ‘युथ पार्लियामेन्ट’ शीर्षक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले एक देशसँगको मात्र परनिर्भरता हटाउन अन्य देशसँग सम्बन्ध विस्तार गरी देशको स्वाभिमानलाई उँचो बनाएको विचार व्यक्त गर्नुभयो ।

समग्र मुलुकको समुन्नतिका लागि हाम्रो देश हामीले बनाउन सक्छौँ भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउँदै उहाँले मुलुकभित्रका खनिज पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितले आफ्नो बुद्धि र विवेकलाई प्रयोग नगरी अरुको सल्लाहमा मुलुकलाई अगाडि बढाउन खोज्दा प्रगति हुन नसकेको औँल्याउँदै देशमा राजनीतिज्ञ तथा प्रशासनिक क्षेत्रका सबै जनाले आफ्नो जिम्मेवारी बहन गनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय युवा कोषका अध्यक्ष माधव ढुङ्गेल, नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्मा, समाजसेवी मनिराम डङ्गोल र बद्री दाहालले भौतिक पूर्वाधार विकासका साथै ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक सुवास घिमिरे र सहसंयोजक पूजा भुसालले समाजका विभिन्न क्षेत्रका समस्यालाई सम्बन्धित निकायमा पु¥याई त्यसको समाधान खोजेर राष्ट्रको नवनिर्माण गर्न उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts