Tuesday, August 2, 2016

पेरिसमा चिनियाँ पर्यटक लुटिए

पेरिस (फ्रान्स), १८ साउन । फ्रान्सको राजधानी पेरिसस्थित शाल द गउल विमानस्थलमा करिब छ जनाको समूहले चिनियाँ पर्यटकमाथि टियर ग्यासद्वारा आक्रमण गरी उनीहरुका सामान लुटेर लगेका फ्रान्सको प्रहरी तथा उद्धार सेवामा संलग्न टोलीले बताएका छन् ।

घटनामा दुई पर्यटक तथा एक जना दो भासे (इन्टरप्रिटर) घाइते भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

विमानबाट झरेपछि आफ्ना सामान पर्यटक बसमा राख्दै गर्दा स्थानीय समयअनुसार बिहान ८ बजे उनीहरुमाथि आक्रमण भएको प्रहरीले एएफपीसँग बताए ।

लुटेराले पर्यटकका अधिकांश सामान लगेका छन् । उनीहरुलाई इटालीको एक पर्यटक कम्पनीद्वारा फ्रान्स पु¥याइएको थियो ।

उनीहरु यात्रा गर्न लागेको बसको चालक पनि इटालीका नागरिक भएको पुष्टि भएको छ ।

सन् २०१५ को सेप्टेम्बरमा पनि पेरिसमा एक चिनियाँ पर्यटक पथप्रदर्शकलाई २५ हजार युरो र एउटा रोलेक्स घडीका लागि लुटिएको थियो । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts