Tuesday, August 16, 2016

गृहमन्त्री निधिसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ, ३२ साउन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि भारतीय राजदूत रणजित रायले आज भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा उहाँहरुबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा केन्द्रित भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “उहाँहरुबीच प्रधानमन्त्रीको भ्रमणका एजेन्डामा छलफल भयो ।”

उहाँका अनुसार उपप्रधान तथा गृहमन्त्री निधिले शुक्रबार र शनिबार भारतीय उच्च अधिकारीसँग भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा निधि बिहीबार भारत जान लाग्नुभएको हो । भेटघाटमा गृहसचिव नारायणगोपाल मलेगोको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts