Thursday, August 4, 2016

खडेरीबाट मानिसलाई राहत दिन तीन सय जङ्गली जनावर मारिने

नामिबिया, २० साउन । नामिबियामा खडेरीका कारण करिब सात लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका बेला यहाँको सरकारले करिब ३०० जङ्गली जनावरलाई मार्ने र खाद्यान्नको अभावमा राहत दिने विकल्प प्रस्तुत गरेको छ ।

वातावरण मन्त्री फोहम्बा शिफेताले बुधबार राहतका लागि उक्त प्रस्तावको घोषणा गर्नुभएको हो ।

सन् २०१५ पछि अहिलेसम्म नामिबियामा १६२ गैँडा र ८० हात्तीको शिकार भएको तथ्याङ्क आइरहेका बेला थप जनावर मार्ने र खडेरीबाट भोकमरीमा परेका मानिसलाई राहत दिने योजना दुःखद भए पनि यसको विकल्प नहुँदा सरकारले यस्तो कदम चालेको मन्त्री फोहम्बा शिफेताले बताउनुभयो ।

जङ्गली जनावरलाई मारेर भोकमरमिा परेका मानिसलाई राहत दिने योजना यहाँको राष्ट्रिय निकुञ्जको जनताका लागि योगदान भएको उहाँले जनाउनुभयो ।

सिफेताले आफ्नो मन्त्रालयले ३०० जनावरलाई खडेरी पीडित नागरिकलाई दिने निर्णय गरे पनि यसबारे प्रधानमन्त्रीको कार्यालयमा राय लिएर अन्तिम निर्णय लिने बताउनुभयो ।

यस योजनाअन्तर्गत सरकारी स्वामित्वमा रहेका विभिन्न तीन वटा निकुञ्जमा रहेका जङ्गली जनावरलाई मारिने छ ।

मन्त्री सिफेटाले भन्नुभयो, “हाम्रा जङ्गली जनावर पनि खडेरीका कारण मर्ने अवस्थामा पुगे पनि हामी हाम्रा जनता भोकै मरेको हेर्न नसकेकाले यो विकल्प प्रस्तुत गरिएको हो ।”

नामिबियाले यसअघि सन् २०१३ मा पनि भोकमरीमा परेका जनतालाई राहत दिनका लागि भन्दै ५०० जङ्गली जनावरलाई मारेको थियो । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts