महोत्तरी, २१ साउन । दुई बालिकाको खाल्टामा डुबेर आज मृत्यु भएको छ ।
नुहाउनका लागि एकडारावेला–४ स्थित कुलोमा वडा नं २ का मुतुर्जा अन्सारीकी भान्जी पाँच वर्षीया उमिया खातुनको मृत्यु भएको छ । मावलीमा रहँदै आएकी महोत्तरी सिस्वाकटैया–४ का असफाक अन्सारीकी छोरी खातुनको नुहाउने क्रममा खेल्दाखेल्दै पैनीमा खसी डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै नैन्ही–३ स्थित नहरको पानी बग्ने खाल्टामा जमेको पानीमा डुबेर एमामुदिन अन्सारीकी पाँच वर्षीया एैइसा खातुनको डुबी मुत्यु भएको हो । दुवै शव परीक्षण गरी मृतकका परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment