Wednesday, August 17, 2016

‘शुभ टाइम्स’को सेवा केन्द्र

काठमाडौँ, १ भदौ । ‘शुभ टाइम्स’ बहुउद्देश्य सहकारी संस्थाले न्युरोडमा सदस्य सेवा केन्द्र स्थापना गरेको छ ।

सेवा केन्द्रको बुधबार उद्घाटन गरी काराबोर सुरु गरिएको सो सहकारीका अध्यक्ष गङ्गाबहादुर घिमिरेले जानकारी गराउनुभयो । न्युरोड क्षेत्रका सेयरसदस्यलाई सेवा पु¥याउने उद्देश्यले उक्त सेवा केन्द्र स्थापना गरिएको हो ।

चावहिलमा मुख्य कार्यालय रहेको सो सहकारीको अधिकृत पुँजी रु १० करोड र सेयर पुँजी रु दुई करोड २० लाख रहेको छ । सहकारीले व्यवसाय गर्न युवालाई रु एक लाखसम्म बिना धितो ऋण उपलब्ध गराउँदै आएको छ । विसं २०६६ मा स्थापना गरिएको सो सहकारीले अहिले विप्रेषण(रेमिट्यान्स) सेवा, बिजुली, टेलिफोन, इन्टरनेट तथा मोबाइल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ । सहकारीका एक हजार २०० सेयर सदस्य रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts