भद्रपुर, १ भदौ । झापाको भद्रपुर विमानस्थलमा आजदेखि इन्धन भर्ने सुविधा उपलब्ध गराइएको छ ।
नेपाल आयल निगमले सञ्चालन गरेको रिफ्युलिङ केन्द्रको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आज यहाँ उद्घाटन गर्नुभयो । विसं २०२० मा स्थापना भएको सो विमानस्थलमा इन्धन भर्ने सुविधा नभएका कारण विमानकम्पनी मारमा परेका थिए ।
सौर्य एयरलाइन्स, बुद्ध र यति एयरलाइन्सका जहाजले यहाँ उडान भर्दै आएका छन् । दैैनिक करिब ३०० ओहोर दोहोर गर्ने सो विमानस्थलमा बारुणयन्त्र, एक्स–रे मेशिन, सिसि टिभिसमेत नभएको भद्रपुर विमानस्थलका प्रमुख पूर्णबहादुर चुडालले बताउनुभयो ।
उक्त अवसरमा आयल निगमका कार्यकारी निर्देशक खड्काले निगमले यस आवमा इन्धन भर्ने सुविधा नभएका विमानस्थलमा उक्त सुविधाको व्यवस्था गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री, बुद्ध एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर वस्नेत, सहायक प्रबन्धक गोपाल घिमिरेको उपस्थिति रहेको थियो । रासस
No comments:
Post a Comment