Sunday, August 7, 2016

उपसचिव ढुङ्गानाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएअनुसार ढुङ्गेल ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी रकम कमाएको र पदीय हैसियत नमिल्दो उच्च जीवनस्तरयापन गरेको पाइएकोे अनुसन्धानका क्रममा खुलेको उल्लेख गर्नुभएको छ ।

आयोगले ढुङ्गाना तथा निजकी श्रीमती कौशिला ढुङ्गानाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts