Tuesday, August 2, 2016

सात फिट लामो घरीमा दुई हजार कोसा केरा !

सर्लाही, १८ साउन । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ ।

चुरे पर्वतीय क्षेत्रबाट ल्याई रोपिएको करिब ४ वर्षपछि बोटबाट केरा पसाउन थालेको मोहनबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले पाकेपछि मोलभोग जातका केराको झै गुलियो स्वाद आउने बताउनुभयो ।

कोसाका पाटाहरु पूरा भई पुष्ट भएपछि र फलको आकार गोलो र रङ्ग हरियोबाट हल्का हरियो भएपछि घरी काट्ने गरिएको यस केराको जात के हो भन्ने केरा धनीलाई जानकारी छैन ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी प्राविधिक सहायक कैलाश साहले वसराई ड्वार्फ, हरिछाल, रोवष्टा, विलियम हाइब्रिड, मोलभोग, चिनी, चम्पाजस्ता केराका जातहरु तराईका फाँटमा हुर्कने भएपनि यो केराको जात आफूलाई जानकारी नभएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts