Wednesday, August 17, 2016

राष्ट्रपति भण्डारीद्वारा विद्याधरीको दर्शन

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वयम्भू विजयेश्वरी विहारस्थित विद्याधरी देवीको दर्शन गर्नुभएको छ ।

असार १ गतेदेखि विधिपूर्वक सुरु भएको विजयेश्वरीको विद्याधरीसहित चार योगिनी (बज्र बाराही, बज्र योगिनी, खड्ग योगिनी तथा आर्यतारा) को १२ वर्षे कलेवर फेर्ने पूजाका अवसरमा राष्ट्रपति भण्डारीले ती देवीको दर्शन गर्नुभएको हो ।

राष्ट्रपतिले दर्शन गर्नुभएपछि सर्वसाधारणका लागि ती देवीको दर्शन खुला भएको छ । पूजा कार्यक्रमको पहिलो चरणमा असारदेखि विद्याधरीलगायत चारै योगिनीको शोभा भगवतीस्थित रूद्रमति सङ्गम तीर्थमा स्नान गराउने संस्कार सम्पन्न गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts