काठमाडौँ, १ भदौ । व्यवस्थापिका–संसद् आजको बैठकमा महिला, बालबालिका, जेष्ठ नागरिक, समाजकल्याण समितिको वार्षिक प्रतिवेदन २०७३ पेस भएको छ ।
समितिका सभापति रञ्जुकुमारी झाले उक्त प्रतिवेदन सदन समक्ष पेस गर्नुभएको हो ।
यसैगरी, विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले सर्वाेच्च अदालतको पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभयो ।
बैठकमा सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् नियमावलीअनुरुप समितिमा बस्ने सदस्यहरुको नाम थप भएको जानकारी गराउनुभयो । जसअनुसार अग्निप्रासद खरेल विधायन समितिमा, सोमप्रसाद पाण्डे उद्योग तथा उपभोक्ता हित समितिमा र शेरधन राई अनुगमन तथा सुशासन समितिमा रहनुहुनेछ ।
यसअघि बैठकको प्रारम्भमा सभामुख घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही भदौ ५ गते आइतबार बिहान ११ बजे बस्ने छ । रासस
No related posts.
No comments:
Post a Comment