Thursday, August 4, 2016

सेयर बजार निरन्तर ओरालो

काठमाडौँ, २० साउन । धितोपत्र बजारमा आज नेप्से परिसूचक ४५.१२ अङ्कले कमी आएको छ ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहालले शपथ लिनुभएकै दिन नेप्से परिसूचकमा उच्च कमी आएको हो । कुल १४२ कम्पनीको रु एक अर्ब ५० करोड ९९६ मूल्यको सेयर कारोबार भएको हो । कुल रु २७ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ समूह २.३४, होटल ४.५५, विकास बैंक २.७७, जलविद्युत् २.२१, फाइनान्स २, बिमा ३.३८, उत्पादन १.९७ र अन्य समूह १.४८ प्रतिशतले कमी आएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts