मनिला, ८ भदौ । फिलिपिन्स संयुक्त राष्ट्रसंघबाट अलग्गिने भनी केही दिन पहिले यहाँका राष्ट्रपतिले राख्नुभएको धारणा एउटा ठट्यौलीमात्र भएको उहाँले नै बताउनुभएको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्नेले गत आइतबार सो भनाई सार्वजनिक गर्नुभएको थियो । तर यस भनाइको यहाँका विदेश सचिव पर्फेक्टो याशीले भने खण्डन गरिसक्नुभएको छ ।
संयुक्त राष्ट्रसंघले फिलिपिन्समा भएका लागू औषध ओसारपसार र यससँग सम्बन्धित लडाईंका विषयलाई लिएर यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आफूहरु संयुक्त राष्ट्रसंघबाट बाहिरिन पनि सक्ने बताउनुभएको थियो ।
फिलिपिन्समा कैयौँ प्रकारका अवैध लागूऔषधको कारोबार हुने गर्दछ । यसका कारण यहाँ हत्या हिंसा पनि ठूलो मात्रामा फैलिएको छ ।
सो हिंसाको नियन्त्रणका क्रममा यहाँ मानवअधिकारको हनन् भएको तथा धेरै मानिस सो लागूऔषध नियन्त्रणका नाममा मारिएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका थिए ।
राष्ट्रपति डुटेर्तेले यो सबै ठट्यौली हो भन्नभुयो । उहाँले बुधबार सम्वाददाताहरुसँग भन्नुभयो– के तपाईंहरुले कहिल्यै जोक गर्नुहुन्न ?
फिलिपिन्सका राष्ट्रपतिले आफ्नो देशलाई आरोप लगाएको कारणले सो धारणा राख्नुभएको र आफूहरु संगठनबाट बाहिरीने सोचमा नरहेको यसअघि नै विदेश सचिव याशीले बताउनुभएको थियो ।
उहाँले सो पत्रकारहरुसँग भन्नुभयो– हुनत त्यहाँ कैयौं निराशाहरु छन्, र हामीजस्ता देशहरुको कुनै वास्ता छैन तर पनि हामी सो संगठनबाट बाहिर भने हुदैनौँ ।
गएको जुन महिनामा डुटेर्ते यहाँको राष्ट्रपति भएपछि लागूऔषधका मुद्दाहरुका कारण कम्तीमा पनि दुइ हजार नागरिकको ज्यान गएको छ ।
राष्ट्रपति डुटेर्तेले आगामी दिनमा पनि यस मुद्दालाई सशक्त रुपमा अघि बढाउने पनि जानकारी दिनुभएको बताइएको छ । रासस÷एएफपी
No comments:
Post a Comment