तुलसीपुर (दाङ), २७ साउन । दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
घोराहीबाट तुलसीपुरतर्फ आउँदै रा १ त ११४२ नम्बरको ट्याक्टर आज साँझ बगाउँदा एकको मृत्यु भएको र एकजना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।
मृत्यु हुनेको सनाखत हुन सकेका छैन । ट्याक्टरमा सवार घाइते पुरन विश्वकर्माको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
त्यसैगरी सोही खोलाले बगाउँदा तुलसीपुर–१७ खुम्खानीका जुद्धबहादुर विकको आजै मृत्य भएको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिनुभएको छ । रासस
No comments:
Post a Comment