Saturday, August 20, 2016

संविधानमा आमूल परिवर्तनको खाँचो छ : अध्यक्ष वैद्य

जनकपुरधाम, ५ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राख्नुभयो ।

मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उहाँले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले आफ्नो सहयात्री प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन भन्नुभयो ।

जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उहाँले सरकारको सफलताको कुनै आधार नभएको बताउनुभयो । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts