काठमाडौँ, ४ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरका पूर्व अध्यक्ष कवि विमल गिरीद्वारा रचित हाइकु सङ्ग्रह ‘विभाजित मन’को आज सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीले सो पुस्तक सार्वजनिक गर्नुभयो ।
प्रा डा खगेन्द्रप्रसाद लुइँटेल र स्रष्टा समाज नेपालका अध्यक्ष पवन आलोकले सामाजिक, प्राकृतिक र राजनीतिकलगायतका विषयवस्तुलाई समेटिएका ‘विभाजित मन’ हाइकु सङ्ग्रह पठनयोग्य भएको बताउनुसभयो ।
सङ्ग्रहमा करिब ३०० वटा हाइकु समावेश गरिएको छ । सो अवसरमा हङ्कङमा रहँदै आउनुभएका स्रष्टाहरू गणेश पराजुली र दीपाएक्वा राईलाई सम्मान गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment