Friday, August 5, 2016

प्रधानमन्त्री दाहालको प्रमुख सचिवमा महरा

काठमाडौँ, २१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्यसमेत रहनुभएका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त हुनुभएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त हुनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts