Tuesday, August 2, 2016

कतारमा मृत्यु भएका चौधरी परिवारलाई रु ५८ लाख

चितवन । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ लाख आठ हजार ४६५ बराबरको चेक आज हस्तान्तरण गर्नुभयो ।

पूर्वी चितवनको भण्डारा निवासी चौधरी फर्निचरको कामका लागि विसं २०६९ मा कतार गएका थिए । रोजगारीका सिलसिलामा कतार पुगेका उनको सडक दुर्घटनामा परी २०७० वैशाख २९ गते निधन भएको थियो ।
निधन भएको तीन वर्षपछि जिल्ला प्रशासन कार्यालयको खातामा आएको सो रकम परिवारलाई बुझाइएको हो । चौधरीको परिवारमा अहिले आमा, श्रीमती र एक छोरी छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts