Tuesday, August 16, 2016

चट्याङबाट एक भारतीयको मृत्यु

भद्रपुर, १ भदौ । झापाको शरणामती–१ मा खयरबारीस्थित खेतमा काम गर्ने भारतको किसनगन्ज धनटोला ग्राम पञ्चायत महामारी खसिटोला बस्ने २० वर्षीय साहजान मियाँलाई चट्याङ लागेर मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो करिब १ः३० बजेको समयमा पानीसँगै परेको चट्याङले घाइते भएका मियाँलाई उपचारमा लैजानेक्रममा मृत्यु भएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts