Friday, August 19, 2016

बाँकेमा गाउँपालिकाको सङ्ख्या दस पु-याउन सुझाव

नेपालगन्ज, ३ भदौ । नेपाली काँग्रेस बाँकेको बैठकले राज्य पुनःसंरचना आयोगले बाँकेका लागि तय गरेको छ गाँउपालिकाको सङ्ख्या बढाएर कम्तीमा आठदेखि १० सम्म पु¥याउनुपर्ने माग गरेको छ ।

आज बसेको बैठकले प्रत्येक गाँउ पालिकाको जनसङ्ख्या २५ देखि ३० हजार हुनुपर्ने, आर्थिक, सामाजिक, साँस्कृतिक, भूगोल एवम् प्राकृतिक स्रोत, साधनको बाँडफाँडका आधारमा गाँउपालिकाको सीमाङ्कन हुनुपर्ने र गाँउपालिकाको कार्यालय जनताको सहज पहुँच हुन सक्ने स्थानमा खोल्नुपर्ने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष किरण कोइरालाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts