काठमाडौं । नेपाली कथानक चलचित्र द फेमसको गाजुल ती आँखा बोलको एक भिडीयो गीत र फस्टलुक सार्वजनिक गरिएको छ ।
सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो फिल्म भनिएको द फमेसलाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो । चलचित्रको गीत तयार हुन १८ महिना लागेको निर्माण पक्षले बताएका छन् । चलचित्रको गाजलु ती आँखा बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा संगीतकार सन्तोष प्रगाढको संगीत तथा गायक दिपक लिम्बु र गायिका चन्दा केसीको स्वर रहेको छ । शब्द रचनाकार शंकर अधिकारी घायल हुन् । चलचित्रको फोर के रिजुलेशनको यो गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापाले अभिनय गरेका छन् । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले निर्देशन गरेका हुन् ।
यस्तै चलचित्रको फस्टलुक सार्वजनिक भएको छ । चलचित्र भित्रका विभिन्न फोटोग्राफिहरुलाई सार्वजनिक गरिएको छ । चलचित्रको प्रमूख कलाकार भने प्रमोद खड्का, सुरवि जैन विष्ट, सोनिया जिआर हुन् । प्रमोदले यस अघि रेखा थापासंग भेटी, झरणा थापासंग लफडा, महानायक राजेश हमालसंग मा¥योनी मायाले मा¥यो, जंगल लभ लगायत दर्जनौ फिल्ममा अभिनय गरिसकेका छन् ।
यस्तै यसै चलचित्र मार्फत सोनिया जिआरले डेब्बु गरेकी छिन् । सबै गीतलाई मधुकर बलामीले एनिमेशन गरेका हुन् । चलचित्रमा चार गीत समावेश छ । सेन्टिमेन्टल गीत बाहेक अन्य सबै गीत एनिमेशन गरिएको बताईएको छ । डबल लभ स्टोरी र फेमीली ड्रामा भनिएको फिल्म तीहार लक्षित गरि प्रदर्शन गर्न लागिएको हो । चलचित्र देशभर कात्र्तिक १९ गतेबाट प्रदर्शन हुदैछ । चलचित्रले ५ वटा भन्दा बढि देशहरुमा फिल्म बिक्री गरिसकेको छ । यस्तै नेपालका १५ प्रमूख कलेजहरु र दुई वटा संस्थालाई १७ शो चलचित्र फिक्समा बिक्री गरिएको छ । चलचित्रको डिजीटल पार्टनर हाईलाईट्स नेपाल हुन् । चलचित्रले ९० प्रतिशत लगानी उठाईसकेको निर्माण पक्षले बताईएको छ ।
Sunday, August 28, 2016
द फेमसको भिडीयो गीत गाजलु आँखा र फस्टलुक सार्वजनिक
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment