Wednesday, August 17, 2016

उपसचिव पन्तसँग लिखित स्पष्टीकरण माग

काठमाडौँ, १ भदौ । अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ ।

छड्के अनुगमन गरिरहेका बेला मङ्गलबार व्यवसायीलाई अग्रिम सूचना दिएको भन्दै आपूर्ति मन्त्रालयका उपसचिव पन्तसँग २४ घन्टे लिखित स्पष्टीकरणको मागसँगै सूचना अधिकृतको जिम्मेवारीबाट हटाइएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

पन्तले एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिव घिमिरेलाई अनुगमन हुन लागेको सूचना अग्रिम रुपमा दिएपछि मङ्गलबार बेलुकै पन्तसँग स्पष्टीकरण सोधिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts