Friday, September 16, 2016

महिला संघमा रेग्मीको प्यानल विजयी

काठमाडौ, १ असोज । नेपाली कांगे्रसका महिला संगठनको तेस्रो महाधिवेशनबाट उमा रेग्मीको प्यानल विजयी भएको छ ।
हिजो भएको मतदानको परिणामअनुसार सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको हो । निर्वाचनमा कूल १ हजार ८ सय १४ मत खसेको थियो । अध्यक्षमा निर्वाचित रेग्मीले ९९८ मत पाउनु भएको थियो भने उहाँँका प्रत्यासी मिना पाण्डेले ७९६ मत पाउनु भएको छ ।
त्यस्तै महासचिवमा रेग्मी प्यानलकै धना खतिवडाले ९६८ ल्याएर विजयी हुनुभएको छ भने भने उहाँका प्रत्यासी गोमा केसीले ७७६ मत पाउनु भएको छ । कोषाध्यक्षमा विजयी जानकी सिंहले ९११ मत प्राप्त गर्नुभएको छ । उमा–धनाको संयुक्त प्यानलमा देउवा पक्षको ३३ र सिटौला समुहका २३ जना निर्वाचित भएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts