गुल्मी, २४ भदौ । जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल बिहीबार साँझ जैसीथोक गाउँ विकास समिति–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन् ।
यही भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका जनक घर नफर्किंदा घरपरिवारले खोजी गरिदिन स्थानीयवासीसँग आग्रह गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलका अनुसार चाडपर्वको समयमा साथीभाइसँग मदिरा सेवन गरी झगडा गरेको प्रारम्भिक चरणमा खुल्न आएको छ ।
रावलका अनुसार उनी अत्यधिक मदिरा सेवन गरी भिरबाट लडेको हुनसक्ने बताइएको छ । झगडा गर्ने सातजनालाई नियन्त्रणमा लिइएको छ । शवपरीक्षणका लागी जिल्ला अस्पतालमा ल्याइँदैछ । रासस
No comments:
Post a Comment