Wednesday, September 21, 2016

अस्थायी इजलास वीरगन्जमा स्थापना

वीरगन्ज, ५ असोज । प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा स्थापना भई आजबाट आफ्नो कामकाज सुरु गरेको छ ।

नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास स्थापना भई बारा, पर्सा तथा रौतहट जिल्लाको सेवाग्राहीलाई न्याय सेवा पु¥याउँदै आएको छ । जनताको घरदैलोसम्म न्याय सेवा पु¥याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना गरिएको सो इजलासका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले राससलाई बताउनुभयो ।

नेपाल सरकारको निर्णयअनुसार १५ जना न्यायाधीशको दरबन्दी भए पनि सुरुमा अहिले सातजना न्यायाधीश मात्र रहेका छन् । आफ्नो भवन नभएकाले अहिले वीरगन्ज चिनी कारखानाको प्रशासकीय भवनमा सो इजलासको कामकाज सुरु गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts