पाकिस्तान, १७ भदौ । पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
पाकिस्तानमा भएका पछिल्ला केही आक्रमणहरु कानूनी क्षेत्र लक्षित रहेको छ ।
विहानको समयमा अदालतमा जम्मा भएका सर्वसाधारणलाई लक्ष्यगरी हाते ग्रिनेड फ्याक्नुको साथै आत्मघाती आक्रमण भएको वरिष्ठ प्रहरी अधिकारी फैसाल सिहजादले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको समेत मृत्यु भएको सिहजादले बताएका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भीषण आत्मघाती आक्रमण भएको तीन हप्ता पछाडी पुनः आक्रमण भएको छ ।
क्वेटा सहरमा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा भएको आत्मघाती आक्रमणमा दर्जनौ वकिलसहित ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
आतङ्ककारीहरु ले शुक्रबार नै प्रान्तीय राजधानी पेसावर भएको खैवर पख्तुनख्वा प्रान्तको क्रिश्चिन कोलोनीमा पनि आक्रमण गरेका छन् ।
यस आक्रमणको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस ÷एएफपी
Friday, September 2, 2016
जिल्ला अदालतमा आक्रमण दशको मृत्यु ४० घाइते
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment