Friday, September 9, 2016

भारत भ्रमणको प्रमुख कार्यसूची : सम्बन्ध सुधार र दुई देशको हित

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको प्रमुख कार्यसूची आपसी हित र सम्बन्ध सुधार नै रहेको बताउनुभएको छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बुझाउनुभएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले जनता र राष्ट्रको हितमा दिइने जुनसुकै सुझावलाई पनि आफूले गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो “मुलुक र जनताको हितमा हुने र दिइने सुझावलाई सरकारले गम्भीरतापूर्वक लिन्छ र त्यसलाई कार्यान्वयन गरिन्छ ।”

पार्टीले नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका मधेसी युवालाई क्षमता विकास कार्यक्रम लागू गरी कार्यान्वयन गर्न, हुलाकी राजमार्ग, काठमाडौँ–तराई मधेस द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्गलगायत राष्ट्रिय महत्वका परियोजना तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक भेटघाटमा मात्र सीमित नभएर नेपालको हितमा हुनुपर्ने र यसले लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने विश्वास लिइएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts