Sunday, September 25, 2016

सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, ९ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

विधेयकमाथिको दफावार छलफलपछि सदनले सर्वसम्मतिले विधेयक पारित गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको थियो ।

सन्धि÷सम्झौता अनुमोदन

आजैको बैठकले ‘अन्तर्राष्ट्रिय कफी सङ्गठन २००७ को पक्ष राष्ट्र बन्नेसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि’, ‘क्षेत्रीय गुणस्तरलाई लागू गर्ने सार्कस्तरीय सम्झौता’ र ‘समरुपता परीक्षणको मान्यताका लागि बहुपक्षीय व्यवस्थासम्बन्धी सार्कस्तरीय सम्झौता’ लाई बहुमतले अनुमोदन गरेको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले ती तीनवटै सम्झौतामा छलफल गरी अनुमोदनसमेत गर्न सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यसअघि राष्ट्रपतिले विभिन्न समयमा प्रमाणीकरण गर्नुभएका विधेयकबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभामुख ओनसरी घर्तीले वाचन गरेर संसद्लाई जानकारी गराउनुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज ११ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts