Wednesday, September 21, 2016

वैदेशिक रोजगारीको प्रभाव अस्थायी परिवारनियोजन साधनमा पनि

रोल्पा। अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण रोल्पा जिल्लामा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता घटन थालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता ३८ प्रतिशत रहकोमा गतवर्ष यो दर घटेर ३७ प्रतिशतमा झरेको छ ।

घरमा श्रीमान् हुँदा गर्भवती हुने डरका कारण अस्थायी साधन प्रयोगकर्ता बढ्ने गरेको भए पनि रोल्पाका अधिकांश विवाहित पुरुष वैदेशिक रोजगारीमा रहेकाले अस्थायी परिवारनियोजनको साधन आवश्यक नहुँदा तिनको प्रयोगकर्ता घटेको हुनसक्ने उक्त कार्यालयका नर्स आशा थापाले बताउनुभयो ।

परम्परागत सुरक्षित तरिका अपनाएर पनि शारीरिक सम्बन्ध राख्ने दम्पतीको सङ्ख्यामा आएको वृद्धिले पनि अस्थायी साधन प्रयोगकर्ता घटेको हुनसक्ने उहाँको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा पिल्स १०४३ जना, डिपो चार हजार ४८४ जना र नरपलान्ट पाँच हजार ४२० जनाले प्रयोग गरेकामा गत वर्ष पिल्स ९८२ जना, डिपो तीन हजार ४९१ जना, नरप्लान्ट ७१६ जनाले प्रयोग गरेका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय र मातहतका स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या अघिल्लो वर्ष ८४ प्रतिशत रहेकामा गतवर्ष ८५ प्रतिशत पुगेको छ ।

जिल्लामा अझै १५ प्रतिशत महिलाले असुरक्षित प्रसूति गराउने देखिएको छ । स्वास्थ्य संस्थामा २० वर्ष मुनिका महिला गर्भ परीक्षण गराउन निकै कम आउने गरेको देखिएको छ । कम उमेरमै विवाह गरी गर्भवती हुने महिला लाजले पजि स्वास्थ्य संस्थामा निकै कम आउने गरेको थापाले बताउने भयो ।

जिल्लामा कम उमेरमै गर्भवती हुने महिलाले नियमित रुपमा स्वास्थ्य संस्थाबाट परीक्षण नगराउने गरेकाले मातृ तथा शिशुको मृत्युमा अपेक्षाकृत सुधार हुन नसकेको उहाँको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts