काठमाडौ, १९ भदौ । स्याङजामा आज बिहानै पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ ।
स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ उपल्लो ताप्केमा पहिरो जाँदा चार जनाको पुरिएर मृत्यु भएको हो । विहान २ बजेतिर पहिरो खसेको र ७८ बर्षका चन्द्रकला सारु मगर सहित उहाँको घरमा तिज मनाउन गएका चारजनाको मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मल्याङ्गकोट ८ दार्सिङकी ३२ बर्षिया हुमकुमारी मस्याङदी, हुमकुमारीका छोरी ७ बर्षका पुनम र ६ बर्षका छोरा सुजनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । त्यस्तै महोत्तरीमा रातो खोलाले बगाँउदा एक महिलाको मृत्यु भएको छ । महोत्तरी पशुपतिनगर ६ बस्ने विल्टु महराको ५० वर्षिय श्रीमति पवित्री महराको मृत्यु भएको हो । पथलैहा बजारबाट घर फर्कने क्रममा रातो खोलामा आएको बाढीले महरालाई बगाएको स्थानीय सँजय कुमार महतोले जानकारी दिनुभयो । रातो खोलामा आएको बाढीले दूई विगाहा जमिन कटान गरेको छ ।
Saturday, September 3, 2016
स्याङजामा आज बिहानै पहिरोले घर पुरिदा ४ जनाको मृत्यु, खोलाले बगाउँदा महिलाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment