Thursday, September 1, 2016

विदेश राज्यमन्त्री किसी स्वदेश प्रस्थान

काठमाडौँ, १६ भदौ । जापानका विदेश राज्यमन्त्री नोबो किसी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्कनुभयो ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आउनुभएका राज्यमन्त्री किसीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री किसीलाई नेपालका लागि जापानी राजदूत मासासी ओगावा, परराष्ट्र मन्त्रालय र यहाँस्थित जापानी दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts