काठमाडौँ, १० असोज । सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन ।
कम उमेरमा विवाह गर्ने किशोर–किशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको तथ्याङ्क परिवार स्वास्थ्य महाशाखासँग छ ।
सबै स्थानमा सहजरुपमा यस्ता साधन उपलब्ध नहुने, साधनप्रतिको नकारात्मक धारणा, सेवाको गुणस्तरीयतामा कमी, दम्पती अलग बस्ने क्रममा वृद्धि र आकस्मिक परिवार नियोजन तथा सुरक्षित गर्भपतनको सेवाका कारण धेरैले परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको महाशाखाको अनुमान छ ।
सन् २०१४को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे (एमआइसिएस) को सर्वेक्षणअनुसार कम उमेरमा बिहे गरेका किशोर–किशोरीमा परिवार नियोजन साधनको प्रयोग दर निकै कम रहेको पाइएको छ ।
सर्वेक्षणमा १५ देखि १९ वर्षका १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइएको थियो भने १५ देखि ४९ वर्षसम्मका ५० प्रतिशतले विभिन्न प्रकारका परिवार नियोजनका साधन अपनाएको र ४७ प्रतिशतले आधुनिक किसिमका यस्ता साधन प्रयोग गर्ने गरेका देखिन्छ ।
परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा आरपी विच्छा कम उमेरमा बिहे गरेका किशोर–किशोरीलाई परिवार नियोजनको साधन प्रयोग गर्न अभिप्रेरित गरी आमा र बच्चाको जीवन रक्षा गर्नुपर्नेमा जोड दिनुहुन्छ । यसका लागि पर्याप्त कार्यक्रम र जनचेतना वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।
किशोरी अवस्थामा हुने गर्भका कारण मातृ मृत्युदर २० वर्षभन्दा माथिका महिलामा भन्दा दोब्बर हुने सम्भावना रहने निर्देशक डा विच्छाको निश्कर्ष छ
नेपालका अझै पनि १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको पाइएको समेत उहाँ बताउनुहुन्छ ।
किशोर–किशोरीले परिवार नियोजनको साधन प्रयोग गरेमा किशोरावस्थामा हुन सक्ने गर्भमा नियन्त्रण तथा त्यसबाट हुने मृत्युलाई समेत रोक्न सकिने, अनिच्छित गर्भपतन गराउनु पर्ने अवस्थालाई कम गर्न सकिनेलगायतका फाइदा हुने गर्छ ।
सरकारले परिवार नियोजनसम्बन्धी पाँच वर्षीय कार्ययोजना (सन् २०१५–२०२०) मा सन् २०२० सम्ममा कुल प्रजनन दरलाई २.१ मा पु¥याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ । रासस
Monday, September 26, 2016
विवाहित युवा युवतीमा अझै परिवार नियोजन साधन प्रयोगमा कमी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment