काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ ।
सभापति देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा मन्त्रीलाई बोलाएर सबैसँग समन्वय गरेर विवादरहीत, जनतालाई प्रत्यक्ष राहत हुनेगरी आआफ्नो मन्त्रालयका काम गर्न निर्देशन दिनुभएको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
सो अवसरमा काँगे्रसका तर्फबाट सरकारमा सहभागी १५ मन्त्रीमध्ये १२ मन्त्रीको सहभागिता थियो । रासस
No comments:
Post a Comment