Monday, September 12, 2016

परराष्ट्र मन्त्री महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौँ, २७ भदौ । भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि नयाँदिल्ली जानुभएका परराष्ट्र मन्त्री डा महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुने भनिएका सम्झौता र छलफलका बारेमा द्विपक्षीय कुराकानी भएको बुझिएको छ । भेटवार्ता प्रधानमन्त्री दाहालको आसन्न भ्रमणमा केन्द्रित रहेको छ ।

विदेशमन्त्री स्वराजको निमन्त्रणमा आइतबार भारत जानुभएका परराष्ट्र मन्त्री डा महत राजनीतिक भेटघाट सकेर भोलि मङ्गलबार स्वदेश फर्कनुहुनेछ । प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ ३० गतेदेखि भारत भ्रमण गर्दै हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts