Tuesday, September 20, 2016

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : माओवादी केन्द्र

काठमाडौँ, ४ असोज । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “हिजो प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको थियो, त्यसमाथि आज सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।”

प्रवक्ता भुसालले भन्नुभयो – “भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा केही सदस्यहरुले भारत भ्रमणका क्रममा आएको दुई देशको संयुक्त वक्तव्यका केही विवादास्पद बुँदाबारे थप प्रष्ट पार्न आवश्यक रहेको धारणा राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको अनियमितताको सम्बन्धमा थालेको अनुसन्धानबारे बैठकमा कुनै छलफल नभएको प्रवक्ता भुसालले जिकिर गर्नुभयो । केन्द्रीय कार्यालयको अर्को बैठक भोलि पनि बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts