Friday, September 2, 2016

पूर्वाञ्चलमा पहिलोपटक सामाजिक कार्यकर्ताको पढाइ सुरु

मोरङ, १७ भदौ । जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याड–कलेज) विराटनगरले सरकारी कार्यालय, एनजिओ, प्रोजेक्ट तथा विभिन्न परियोजनामा काम गर्न अवसर मिल्ने गरी दक्ष जनशक्ति उत्पादनका लागि नेपालमा नै पहिलोपटक ब्याचलर सोसियल वर्क फ्याकल्टीमा पढाइ सञ्चालन गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज यस सरकारी क्याम्पस जनता आदर्शमा सेमेस्टर प्रणालीअनुसार पढाइ सुरु गरिएको हो । सबै कक्षामा मल्टिमिडिया, आन्तरिक तथा बाह्य फिल्ड प्रोजेक्ट मूल्याङ्कन विधिबाट कक्षा सञ्चालन गरिएको कलेजका क्याम्पसप्रमुख राम ढकालले बताउनुभयो । नेपालमा दुईवटा कलेजमा मात्र यो विषय पढाइ हुने गर्दछ । तर अरू कलेजले ठगी गरिरहेको प्रमुख ढकालको दाबी छ । काठमाडौ र बिराटनगरमा मात्र पढाइ हुने हुँदा यस विषयको आठ सेमेस्टरमा कक्षा सकिन्छ ।

यस कलेजमा पूर्ण कम्प्युटर प्रणाली, आइसिटी आधारित प्रव्ृत्तिमा अध्यापन गराइने, विभिन्न एनजिओ तथा आइएनजिओको सहकार्यमा फिल्ड वर्क बेसमा प्रोजेक्ट वर्क तयार गर्न लगाई पूर्ण दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य कलेजको लक्ष्य रहेको क्याम्पसका प्रमुख ढकालले बताउनुभयो । यस कलेजमा पढेका विद्यार्थी विभिन्न गैहसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी, सरकारी कार्यालयजस्ता सामाजिक कार्य गर्न सक्नेछन् ।

साथै यो विषय पढ्ने विद्यार्थी बेरोजगार नहुने क्याम्पसप्रमुख ढकालले दाबी गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts