प्वाईन्ट मिडिया प्रा.लि.ले आयोजना गरेको “मिस टुरिजम–२०१६” को उपाधी ओरुसा थापा मगरले जितेकी छन । त्यसैगरी मिस टुरिजम–२०१६ फस्ट रनर अपमा जेनी अमात्य र मिस टुरिजम–२०१६ सेकेण्ड रनर अपमा शर्मिला तामाङ विजयी भईन । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले उत्कृष्ठ पाँच प्रतियोगीहरुलाई सोध्नुभएको प्रश्नको जवाफका आधारमा उत्कृष्ठ तीनको छनोट गरिएको थियो ।
मिस टुरिजम–२०१६ मा मिस डिसिप्लिन शर्मिला तामाङ, मिस ईन्टेलिजेन्ट सुमिला श्रेष्ठ, मिस पब्लिक च्वाईस हिरामाया श्रेष्ठ, मिस स्माईल खुश्वु चौधरी, मिस ट्यालेन्ट विपना प्रजापति,मिस फिगर ईशा छन्त्याल,मिस पर्सनालिटि ओरुसा थापा मगर,मिस फोटोजेनिक सुरुचि पन्त, मिस फ्रेण्डसिप मनिसा गिरी,मिस वाक जेनी अमात्यले उपाधी जितिन ।
मिस टुरिजम–२०१६ को उपाधी जितेकाहरुलाई सहरी विकास मन्त्री अर्जुनरसिंह के.सी.,नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा,नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्व अध्यक्ष अर्जुन शर्मा,अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि.का निर्देशक केदार गजुरेल तथा प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले क्राउन तथा नगद प्रदान गरे । मिस टुरिजम–२०१६ का विजेताहरुलाई क्रमशः नगद पचास हजार, तीस हजार, बीस हजार पनि प्रदान गरियो ।
गोदावरिको होटल भ्यु भृकुटीमा आयोजित फाईनलमा सहरी विकास मन्त्री अर्जुनरसिंह केसी, नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापा, वरिष्ठ पर्यटन व्यवसायिहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा सिने गुरुङ लगायतका कलाकारहरुको पनि विशेष प्रस्तुतीहरु रहेको थियो ।
Sunday, September 11, 2016
मिस टुरिजम–२०१६ को उपाधी ओरुसालाई
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment