Monday, September 26, 2016

भियतनामको मध्यवर्ती प्रान्त अझै प्रदूषित

हानोई, १० असोज । भियतनामको मध्यवर्ती प्रान्त काङ्ग त्राइको तीनलाख नब्बे हजार हेक्टर भन्दा बढी जमिन अझै पनि बारुदी सुरुङ्ग र विस्फोटक पदार्थबाट अत्यन्त प्रदूषित भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।

काङग त्राइ प्रान्तको वैदेशिक मामिला विभागका प्रमुख होङ्ग नामलाई उद्धृत गर्दै राष्ट्रिय रेडियो भ्वाइस अफ भियतनामले प्रसारण गरे बमोजिम राजधानी हानोइबाट करिब चारसय ८० किलोमिटर पूर्वमा पर्ने काङ्ग त्राइ प्रान्तको ८० प्रतिशतभन्दा बढी जमिन बारुदी सुरुङ्ग र विस्फोटक पदार्थबाट प्रदूषित रहेको छ ।

भियतनाम युद्ध सन् १९७५ मा समाप्त भएयता बाँकी बचेका बारुदी सुरुङ्ग र विस्फोटक पदार्थ पड्किँदा काङग त्राइ प्रान्तमा मात्र आठहजार ५०० को मृत्यु भइसकेको छ । यस सङ्ख्यामध्ये करिब ३० प्रतिशत बालबालिका मात्र भएका पनि नामले बताए ।

विगत बीस वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनले भियतनाममा बारुदी सुरुङग र विस्फोटक पदार्थ सफाइ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

परिणामस्वरुप यी कार्यक्रमले बारुदी सुरुङ्ग र विस्फोटक पदार्थबाट भियतनाम भरिका अतिसय प्रदूषित एघार करोड ६० लाख हेक्टर जमिनलाई प्रदूषणमुक्त गराइसकेको छ ।

छ लाख थान भन्दा बढी बम र सबै प्रकारका विस्फोटक पदार्थ सुरक्षित रुपमा निष्क्रिय पारिसकेको पनि नामले उल्लेख गरेका छन् ।

सन् १९५४ को जेनेभा सम्मेलनद्वारा प्रतिपादित जेनेभा ‘सन्धि’ ले काङग त्राइ प्रान्तलाई ‘गैरसैनिक क्षेत्र’ को रुपमा मान्यता दिएपश्चात उत्तर भियतनाम र दक्षिण भियतनाम विभाजन भएका थिए ।

तै पनि यस “गैरसैनिक क्षेत्र” मा यतिका परिमाणमा बम र विस्फोटक पदार्थ फेलापर्नु र यत्ति धेरै क्षेत्रफल जमिन हालसम्म पनि विस्फोटक पदार्थबाट प्रदूषित भई अनुर्वर रहनु भियतनामका लागि दुर्भाग्य मानिएको छ । रासस ÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts