काठमाडौँ, ९ असोज । नेपाल खाद्य संस्थानले ठाउँ पाउन नसक्दा सिहदरबारसहित चार ठाउँबाट दसँै, तिहार र छठ पर्वका लागि लक्षित गरिएको सुपथ मूल्यको पसल सञ्चालन हुन सकेको छैन ।
संस्थानले सिहदरबारमा निजामति कर्मचारीलाई लक्षित गरी खोल्ने भनिएको सुपथ मूल्यको पसलका लागि ठाउँ पाउन नसकेको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार सिहदरबारसंगै संस्थानले वौद्ध, नारायणथान र टेकुमा पनि ठाउँ पाउन सकेको छैन ।
संस्थानले असोज एक गतेबाट उपत्यकाका ११ स्थानमा पसल सञ्चालन गर्ने भने पनि सात स्थानबाट मात्र सञ्चालन भएको छ ।
‘‘सिहदरवारमा रहेका कर्मचारीलाई पनि संस्थानबाट बिक्री वितरण हुने गुणस्तरीय खाद्यन्न उपलब्ध गराउने हाम्रो योजना पुरा गर्न अझै ठाउँ खोजिरहेका छौ ।’’ सूचना अधिकारी र कार्कीले भन्नुभयो ।
उहाँले ठाउँ उपलब्ध गराउनका लागि संस्थानले आपूर्ति मन्त्रालय मार्फत पटक÷पटक सहरी विकास मन्त्रालयलाई आग्रह गरेपनि अझै ठाउँ उपलब्ध हुन नसकेको बताउनुभयो ।
संस्थानले सिंहदरबार, बौद्ध र नारायणथान (प्रति स्थानबाट) एक हजार क्वीन्टल चामल, २० क्वीन्टल गहुँ, १५ क्वीन्टल र १५ क्वीन्टल फापर र टेकुबाट ५०० क्वीन्टल चामल, २० क्वीन्टल, गहुँ, १५ क्वीन्टल सिमी र १५ क्वीन्टल फापर बेच्ने तयारी गरेको छ ।
ती स्थानबाट संस्थानले प्रतिकेजी ५ रुपियाँ छुट दिने खाद्यन्न दिइने छ । रासस
No comments:
Post a Comment