Friday, September 9, 2016

जेनेटिक इन्जियिरका दुई गजलसङ्ग्रह

काठमाडौँ, २४ भदौ । साहित्यकार हरिकुमार श्रेष्ठका गजलसङ्ग्रह‘आँकुरा’ र ‘तरङ्ग’ आज विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले उक्त कृतिको विमोचन गर्दै साहित्यका विधामध्ये सबैभन्दा बढी लेखिने गजल भए पनि गजल लेखकले पछि कविता, कथाजस्ता अन्य विधामा हात हाल्दा गजल लेखनमा कमी आएको बताउनुभयो ।

समालोचक शैलेन्द्र अधिकारीले भिन्न क्षेत्रको अध्ययनमा दक्षता हासिल गरेर पनि गजल क्षेत्रमा कलम चलाउँदा खारिएका लेखकका रुपमा श्रेष्ठले आफूलाई उभ्याउनुभएको छ भन्नुभयो ।

गजलगो श्रेष्ठले साहित्यिक विधा कविता, गजल र मुक्तकबाट सामाजिक विसङ्गतिबारे कलम चलाउँदा पाठकले सहज ढङ्गले ग्रहण गरेको भेटिएको आफू यसतर्फ लागेको बताउनुभयो ।

ताइवानमा छँदा सन् २०११ मा कवितासङ्ग्रह ‘सुस्केरा’ सार्वजनिक गरेर पहिलो पटक साहित्यिक क्षेत्रमा आफूलाई परिचित गराउनुभएका श्रेष्ठले ‘जेनेटिक इन्जिनियरिङ’ मा विद्यावारिधि गर्नुभएको छ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts