ताप्लेजुङ, १८ भदौ । गएरातिको भारी वर्षाका कारण गएको पहिरोमा परी ताप्लेजुङमा एकै परीवारका तीन जनाको मृत्यू भएको छ ।
पहिरोले एक जना बेपत्ता र अर्का एक जना घाईते भएका छन् भने दुई दर्जन भन्दा बढि घरमा क्षति पु¥याएको छ । पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका दुईका टिका मगरकी श्रीमति विमला मगर छोराहरु मनोज र ललित मगरको मृत्यू भएको छ । घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनिहरुको मृत्यू भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । उनिहरुको शव पहिरो पन्छाएर नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोलिले निकालेको बताईएको छ ।
यस्तै घर माथिबाट झरेको पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका ८ कि माईली लिम्बु बेपत्ता हुनुभएको छ भने, कान्छी लिम्बु घाईते हुनुभएको छ । घाईते लिम्बुलाई उपचारको लागि अस्पताल लगिएको छ । पहिरोले ताप्लेजुङ नगरपालीका ८ दोखु मेवाराजा क्षेत्रमा सबैभन्दा बढि क्षति पु¥याएको छ । सो स्थानमा मात्र २० भन्दा बढि घरमा पहिरोले क्षति पु¥याएको स्थानिय रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।
यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा १२ भन्दा बढि, सदरमुकाम नजिकै कफिहाउस मा १० र हेलिप्याड नजिकै तीन घरमा क्षति पुगको प्रारम्भिक तथ्याङ्क आएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरी पुगेकाले तथ्याङ्क संकलन गर्ने काम भईरहेको छ । ताप्लेजुङ नगरपालीका ८ मा विभिन्न स्थानमा ठुलो पहिरो गएकाले केहि स्थानिय पहिरोमा फसेको र उद्धारमा समस्या भएको स्थानियले बताएका छन् ।
यसैबिच दर्जनौ स्थानमा गएको पहिरोका कारण मेचि राजमार्गको पाँचथर ताप्लेजुङ सडक खण्ड पुर्ण रुपमा अबरुद्ध भएको छ । ठुलो पहिरो झरेकाले पन्छाउन आज दिनभर लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
Friday, September 2, 2016
ताप्लेजुङमा पहिरोमा परी तीन जनाको मृत्यु, एक बेपत्ता
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment