काठमाडौँ, २६ भदौ । नेपाल पत्रकार महासङ्घका पूर्व सभापति विष्णु निष्ठुरीले संविधान निर्माणका क्रममा सबै निर्वाचन क्षेत्रबाट सङ्कलन गरिएको जनमतको विवरण माग गर्दै व्यवस्थापिका–संसद् सचिवालयमा निवेदन दर्ता गराउनुभएको छ ।
पूर्व सभापति निष्ठुरीले आज संसद् सचिवालय सिंहदरबारमा संसद्का महासचिवलाई सम्बोधन गर्दै ‘जानकारी उपलब्ध गराइदिनु हुन’ भन्दै निवेदन दर्ता गराउनुभएको हो ।
दोस्रो संविधानसभाले जनताका भावनालाई समेट्ने उद्देश्यले संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिबाट संविधानको विधेयकको पहिलो मस्यौदामा समेट्ने गरी ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रबाट सुझाव सङ्कलन गरिएको थियो ।
जनताका प्राप्त राय सुझाव संविधानसभा कार्यविधि नियमावलीअनुसार संविधानको विधेयकको मस्यौदामा समावेश भए÷नभएकाबारे जानकारी पाउनुपर्ने माग गर्दै उहाँले निवेदन दर्ता गराउनुभएको हो ।
संसद्ले जनमत परिणामबारे आजसम्म पनि सार्वजनिक नगरेको हुँदा त्यसबारे थाहा पाउने अधिकार जनतालाई भएको पूर्व अध्यक्ष निष्ठुरीको भनाइ छ । रासस
No comments:
Post a Comment