भक्तपुर, ८ असोज । ‘जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रको उत्थान हुन सक्दैन’ भन्ने मूल नारा लिएर ५४ वर्ष अगाडि स्थापित विराट् नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्षमा कृष्णभक्त बोडे निर्वाचित हुनुभएको छ ।
शुक्रबार सम्पन्न गुथिको १९ औँ अधिवेशनले सदस्यमा हिरण्यप्रताप सांँगामी, सुलोचना सैँजु, प्रदीप शाक्य, बाबुकाजी साःछे श्रेष्ठ र विष्णुप्रसाद न्हिसुतुलाई निर्वाचित गरेको छ । नौ सदस्यीय कार्यसमितिमा तीन सदस्यीय मनोनयन गरिने भएको छ । नयाँ कार्यसमितिको नेतृत्वले नेसं ११३६ कौलाथ्व द्वादशी (२०७३ असोज २७ गते) मा ५५ औँ विराट् नेपालभाषा साहित्य सम्मेलन गर्ने नवनिर्वाचित अध्यक्ष बोडेले बताउनुभयो । रासस
No comments:
Post a Comment