Monday, September 19, 2016

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण प्रत्यक्ष प्रसारण गरिने

ललितपुर, ३ असोज । भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नं वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ ।

निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोलाप्रथाबाट छनोट गर्न लागेको हो । धेरै प्रभावितले निष्पक्षताका विषयमा शङ्का गर्दै आएका छन् । एक महिनाका अवधिमा झन्डै डेढ लाख प्रभावितले ट्याक्सीका लागि फाराम भरेका थिए । तीमध्ये एक हजार ५००ले मात्रै गोलाप्रथाबाट नयाँ ट्याक्सीको नं पाउनेछन् ।

अभिलेख राख्ने काम सकिएको विभागअन्तर्गतको साना–ठूला सवारी शाखाका प्रमुख हरि लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले यसअघि फाइल व्यवस्थित गरिरहेका थियौँ र अहिले कम्प्युटरमा अभिलेख राख्न थालेका छौँ ।” नयाँ ट्याक्सीका लागि निवेदन दिएका प्रभावितलाई दर्ता नं दिइने छ ।

नयाँ ट्याक्सीको नंका विषयमा मात्रै निर्णय भएको छ । ट्याक्सी किन्दा सहुलियत दिने विषयमा कुनै निर्णय भएको छैन । लामिछानेले भन्नुभयो – “बजारमा ट्याक्सी किन्दा छुट पाउने हल्ला गरे पनि वास्तवमा त्यो निर्णय भएको छैन ।

भूकम्प प्रभावितलाई राहत दिने उद्देश्यले मन्त्रालयस्तरीय निर्णयका आधारमा यातायात व्यवस्था विभागको वाग्मती अञ्चल कार्यालयले नयाँ ट्याक्सी नं वितरण गर्न लागेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts